Kathmandu Press

सबै स्थानीय तहमा मतदाता नामावली प्रकाशन

सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रूपमा तयारी थालेको छ । सोअन्तर्गत आज सबै स्थानीय तहमा मतदाताको नामावली प्रकाशन भएको छ ।
सबै स्थानीय तहमा मतदाता नामावली प्रकाशन

रौतहट, माघ १५ : सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रूपमा तयारी थालेको छ । सोअन्तर्गत आज सबै स्थानीय तहमा मतदाताको नामावली प्रकाशन भएको छ ।

निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत रौतहटका सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोसँग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।

Hardik ivf

जिल्लामा रहेका १ लाख ६२ हजार २७४ महिला, एक लाख ९८ हजार ३६५ पुरुष र तेस्रो लिंगी एक जना गरी ३ लाख ६० हजार ६ सय ४० जना मतदाताहरूको नामावली प्रकाशन भएको छ ।  अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरूको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताए ।

जिल्ला निर्वाचन अधिकारी दासका नुसार मतदाताहरूले  स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गते सम्म मतदाता नामावलीमा नाम हेर्न सकिने, मतदाता नामावलीको नाम वा विवरणमा कुनै त्रुटि भए सच्याउन,  नाम दोहोरो परेको भए, वा मृत्यु भएकाको विवरण  हटाउन निवेदन दिन सक्नेछन् । सो कार्यका लागि जिल्लास्थित सबै स्थानीय तहमा एक जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको  दासले बताए ।

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्