Kathmandu Press

प्रधानमन्त्रीलाई सात दिनभित्र अदालतमा आफैं उपस्थित भएर जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ :  सर्वोच्च अदालतले आज प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले...
प्रधानमन्त्रीलाई सात दिनभित्र अदालतमा आफैं उपस्थित भएर जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ :  सर्वोच्च अदालतले आज प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले  प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा कारण देखाउ आदेश जारी गरेको हाे ।

शर्माको इजलासले संसद् विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै सात दिनभित्र  अदालतमा आफैं उपस्थित भएर  जवाफ पेस गर्न प्रधानमन्त्रीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला,’ आदेशमा भनिएको छ।    

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्यायसम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए।

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्