Kathmandu Press

आज पनि माइतीघरमा प्रचण्ड–नेपाल समूहको धर्ना

आज पनि माइतीघरमा प्रचण्ड–नेपाल समूहको धर्ना

काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहले आज पनि माइतीघर मण्डलामा धर्ना दिएको छ। संसद विघटनको विरोधमा आज दोस्रो दिन पनि धर्ना दिएको हो।

धर्नामा प्रचण्ड–नेपाल समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको छ। 

धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेका छन्। 

उक्त समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ।

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्