नक्कली देशभक्तले देशलाई अस्थिरतातर्फ धकेल्न खोजे : प्रधानमन्त्री
नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताएका हुन् ।काठमााडौं, माघ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली देशभक्तले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताएका छन् । उनले आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताएका हुन् ।
उनले नक्कली देशभक्तको समूहले सरकार ढालेर भागबन्डाको खेल सुरु गर्न लागेकाले जनताकहाँ जानुपरेको बताए । उनले भने, ‘हामीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छौँ । जनताले सक्कली देशभक्तलाई समर्थन गर्छ कि नक्कल देशभक्तलाई ?’
उनले नेकपा दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्दै भने, ‘बहुमत प्राप्त सरकारलाई कामै गर्न नदिने ? अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ । बहुमत प्राप्त सरकार ढाल्नै पर्ने ।’
उनले केही नेता र पत्रिकाले सरकारको खेदो खनेको गुनासाे गरे । उनले भने, ‘केही नेताले सरकारको पक्षमा कहिल्यै बोलेनन् । केही सञ्चार माध्यमले सरकारको राम्रो कामको केहीले प्रचार गरेनन् ।’
उनले दाहाल–नेपाल समूहले पार्टी सञ्चालन गर्न नसक्ने दाबीसमेत गरे । उनले दाहाल–नेपाल समूह नागरिक अगुवा हुने दावी गर्दै भने, ‘तीन महिनामा लाग्छ, उनीहरु त्यही पुग्छन् ।’










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
