निर्वाचनसम्बन्धि छलफल गर्न निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो
काठमाडौं, माघ १५ : निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई बोलाएको छ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल...
काठमाडौं, माघ १५ : निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई बोलाएको छ।
आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार बिहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफल गर्न बोलाएको हो।
छलफलमा अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी दुवै समूहका ५/५ जनालाई आयोगले बोलाएको छ।
नेकपाको दुवै समूहले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको थियो तर आयोगले दुवै पक्षको दाबी नपुग्ने बताएको थियो।
प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
