स्वावलम्बन लघुवित्तको ४ लाख ५० हजार रुपैयाँ लुटपाट
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले बुधबार दिउँसो संस्थाका कर्मचारीबाट ४ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका हुन् ।
महोत्तरी, माघ १५ : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले बुधबार दिउँसो संस्थाका कर्मचारीबाट ४ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका हुन् ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी सिरहा लहान नगरपालिका–१४ बस्तीपुर बस्ने भागवत यादव संस्थाको मासिक किस्ता उठाई ज८प १०२६ नम्बरको मोटरसाइकलमा सितापुरतर्फ जाँदै थिए । सोही बेला अपरिचित व्यक्तिले रकम लुटपाट गरेका हुन् । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












