नेपालमा झन भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको निश्कर्ष
काठमाडौं, माघ १५ : नेपाल भ्रष्टाचार हुने देशहरुको ११७ औं नम्बरमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टको अनुसार नेपालमा झन् भ्रष्टाचार...
काठमाडौं, माघ १५ : नेपाल भ्रष्टाचार हुने देशहरुको ११७ औं नम्बरमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टको अनुसार नेपालमा झन् भ्रष्टाचार बढ्दै गएको उल्लेख गरेकाे छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारेको तथ्यांक सार्वजनिक गरेको छ। संसारभर एकसाथ सार्वजनिक गरेको सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ। यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ।
गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) मा रहेको थियो।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो।
प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
