लोकन्थलीमा सडक दुर्घटनामा मृत्यु भएको पुरुषको सनाखत हुन सकेन
भक्तपुर, माघ १५ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु...
भक्तपुर, माघ १५ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ।
मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने बताए।
आज बिहान सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु¥याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
