Kathmandu Press

हेनानका वरिष्ट राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ

हेनानका वरिष्ट राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ

बेइजिङ, माघ १५ : चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो। 

जनपरिषदका अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो। 

वाङलाई यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ। 

उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषदले बताएको छ।

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्