प्रचण्ड-नेपाल समूहले बुटवलमा आज विरोध सभा गर्दै
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्ने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा संघर्ष...
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्ने भएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दिउँसो १ बजे सभा आयोजना हुने भएको हो।
सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभामा लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दाबी छ।
जुलुसमा सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको संघर्ष समितिले जनाएको छ।
प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
