काठमाडौंको आजको तापक्रम २.२ डिग्री सेल्सियस
काठमाडौ, माघ १५ : तराईमा आज पनि बाक्लो हुस्सु लागेको छ ।दिउँसो अवेरसम्म पनि हुस्सु नखुल्दा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ...
काठमाडौ, माघ १५ : तराईमा आज पनि बाक्लो हुस्सु लागेको छ ।
दिउँसो अवेरसम्म पनि हुस्सु नखुल्दा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेख्य प्रणालीको विकास भएको छैन ।
तराईमा बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.२ डिग्री सेल्सियस छ ।
दिउँसो उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति: ०८:५५ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
