Kathmandu Press

भारतमा कोरोना निर्देशिकाको म्याद थप

काठमाडौं, माघ १५ : भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको...
भारतमा कोरोना निर्देशिकाको म्याद थप

काठमाडौं, माघ १५ : भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा थप एक महिना लम्ब्याइएको घोषणा गरेको हो ।

हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनु पर्नेलगायतका नियम कडाइका साथ पालना गर्नु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

Hardik ivf

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकोमा अहिले लम्ब्याएर आगामी फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो । भारतमा पछिल्ला केही महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको मङ्गलबार मृत्यु भएको हो । 

प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, माघ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्