मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा
काठमाडौं, माघ १५ : स्टार फुटबलर लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको...
काठमाडौं, माघ १५ : स्टार फुटबलर लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । तर मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।
जोर्डी अल्बाको सहयोगमा ८०औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेपछि बार्सिलोनाले खेल २ १ ले जित्यो ।
प्रकाशित मिति: ०६:५९ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











