विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोरोनाबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ७ करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा २ करोड ५० लाख व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमणका कारण अमेरिकामा ४ लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
यद्यपि अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनको भनाइ छ ।
त्यस्तै विश्वमा कोरोनाबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ७ करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् ।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












