घिमिरे र जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने सरकारको निर्णय
नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ ।काठमाडौं, माघ १४ : नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ । माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हुलाक टिकट प्रकाशन गर्ने जानकारी गराएका हुन् । उनले भने, ‘वाङ्मय शतादी पुरुष डा. सत्यमोहन जोशी र राष्ट्र कवि माधवप्रसाद घिमिरेको तस्बिर अंकत छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ ।'
प्रकाशित मिति: १८:२२ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)