बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ
६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ का ३५ वर्षीय मनोज महतो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
धनुषा, माघ १४ : बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ का ३५ वर्षीय मनोज महतो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
महतोले बालिकालाई बेचबिखन गर्न लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका–२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो ।
महतोउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












