तरुण दलका कार्यकर्ताको हत्यामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं, माघ १४ : नेपाल तरूण दलका कार्यकर्ता हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ। बझाङको छविसपाथिभेरा गाउँपालिका ३ का तरुण दलका...
काठमाडौं, माघ १४ : नेपाल तरूण दलका कार्यकर्ता हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।
बझाङको छविसपाथिभेरा गाउँपालिका ३ का तरुण दलका स्थानीय नेता अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कारबाही गर्न कांग्रेसले माग गरेको हो।
मंगलबार २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
स्थानीय विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कंने क्रममा मंगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसको भनाइ छ।

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)