Kathmandu Press

संसद विघटनविरुद्ध माइतीघरमा प्रचण्ड-नेपाल समूहको धर्ना

काठमाडौं, माघ १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ।संसद विघटनको विरोधमा बुधबार प्रचण्ड–नेपाल समूहका विघटित प्रतिनिधिसभा...
संसद विघटनविरुद्ध माइतीघरमा प्रचण्ड-नेपाल समूहको धर्ना

काठमाडौं, माघ १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ।

संसद विघटनको विरोधमा बुधबार प्रचण्ड–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले धर्ना दिएका हुन्।

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको बताइन्।

समूहले संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम तय गरेको छ। 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्