Kathmandu Press

हिउँदे वर्षा र हिमपात नहुँदा जुम्लाका किसान चिन्तित 

हिउँदे वर्षा र हिमपात नहुँदा जुम्लाका किसान चिन्तित 

जुम्ला, माघ १४ : जुम्लामा हिउँदे वर्षा र हिमपात नहुदाँ यहाँका किसान चिन्तित भएका छन्। यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले बताए।

उनले भने, ‘गत वर्षको मङ्सिर, पुस र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो। हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो।’ यो वर्ष माघको मध्यमा पनि हिपतात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको किसान रोकायाले बताए।

Hardik ivf

हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए। ‘माघ महिनाभित्र पानी परे केही राहत मिल्छ। धेरै नोक्सानी हुँदैन,’ उनले भने। हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले बताए।

यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन। बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। हिमाली जिल्लामा यसवर्ष धैरे वर्षा र हिमपात परेको छैन। पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्