Kathmandu Press

सर्वोच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता

सर्वोच्चमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौं, माघ १४ : सर्वोच्च अदालतमा चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै मुद्दा परेको छ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध बुधबार अपहेलना मुद्दा दर्ता भएको हो। 

Hardik ivf

अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी विज्ञप्ति निकालेर अदालतको अपहेलना गरेको जिकिर गरेका छन्।

चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक भनेका थिए। 

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्