दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ
सो अभियोगमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
काठमाडौं, माघ १४ : दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
सन्तोषले घरमा कोही नभएको अवस्थामा छोरीको हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १४:०१ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












