Kathmandu Press

तरुण दलका कार्यकर्ता हत्याको आरोपमा वडाअध्यक्षसहित चार जना पक्राउ

काठमाडौं, माघ १४ : विद्यालय व्यवस्थापन समितिको चुनावको विवादमा खुँडा प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नेपाल तरूण दल...
तरुण दलका कार्यकर्ता हत्याको आरोपमा वडाअध्यक्षसहित चार जना पक्राउ

काठमाडौं, माघ १४ : विद्यालय व्यवस्थापन समितिको चुनावको विवादमा खुँडा प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

नेपाल तरूण दल बझाङ छबिसपाथिभरा गाउँपालिका ३ का अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गरेको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष विकास ऐडी, ज्ञानबहादुर कडायत, प्रकाश ऐडी र केदार ऐडी रहेका छन्। 

स्थानीय बन्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मंगलबार भएको निर्वाचन सकेर घर फर्कंदै गर्दा सिंहमाथि खुँडा प्रहार भएको थियो।

विद्यालयमा नेकपा र नेपाली कांग्रेस समर्थित गरी दुई समूह चुनावमा थियो। कांग्रेस पक्षले चुनाव जितेपछि नेकपाले आक्रमण गरेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट खुँडा पनि बरामद गरेको छ।

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्