Kathmandu Press

तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउनेछन् : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप लगाउन पाउने बताएका छन्। बुधबार कोरोनाविरूद्ध खोप अभियानको शुभारम्भ...
तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउनेछन् : प्रधानमन्त्री ओली

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप लगाउन पाउने बताएका छन्। 

बुधबार कोरोनाविरूद्ध खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बिना भेदभाव निःशुल्क रुपमा सबै नेपालीले खोप लगाउन पाउने बताएका हुन्।

Hardik ivf

उनले भने, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निस्शुल्क रूपमा खोप लगाइन्छ।’

सरकारले आज १२ हजारलाई १२० खोप केन्द्रबाट कोरोना खोप लगाउने तयारी गरेको छ। 

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ।

प्रकाशित मिति: ११:१० बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्