Kathmandu Press

टेकुमा ८० वर्षीय रेडियोलोजिस्टले लगाए खोप

आज देशभर कोरोना खोप लगाउन सुरु गरिएको छ। काठमाडौंको टेकुमा ८० वर्षीय बृद्धले खोप लगाएका छन्।
टेकुमा ८० वर्षीय रेडियोलोजिस्टले लगाए खोप

काठमाडौं, माघ १४ : आज देशभर कोरोना खोप लगाउन सुरु गरिएको छ। काठमाडौंको टेकुमा ८० वर्षीय बृद्धले खोप लगाएका छन्।

आज बिहान टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाएका हुन्। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाउन थालिएको हो।

Hardik ivf

आजदेखि देशभरका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाइनेछ। नेपालमा खोप लगाउन भारतले अनुदानमा दिएको थियो।

भारतमा उत्पादन भएको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराएको थियो। भारतले दिएको १० लाख खोप चार लाख जनालाई लगाइनेछ।

 

प्रकाशित मिति: १०:५८ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्