Kathmandu Press

विद्यालय व्यवस्थापन समितिको चुनाव विवादमा खुडा प्रहरी गरि युवकको हत्या

बझाङ, माघ १४ : विद्यालय व्यवस्थापन समितिको चुनावको विवादका कारण बझाङमा एक युवकको खुडा प्रहरी गरि हत्या गरिएको छ।छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय...
विद्यालय व्यवस्थापन समितिको चुनाव विवादमा खुडा प्रहरी गरि युवकको हत्या

बझाङ, माघ १४ : विद्यालय व्यवस्थापन समितिको चुनावको विवादका कारण बझाङमा एक युवकको खुडा प्रहरी गरि हत्या गरिएको छ।

छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको मंगलबार चुनाव भएको थियो। चुनावका विषयमा विवाद हुदै आएको थियो।

विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा अमृतको ज्यान गएको डिएसपी खड्काले बताए।

खुँडा प्रहार गर्नेमध्येका एक जना छविसपाथिभेरा गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ। शवको परीक्षण भने आज पनि नभएको बताइएको छ।

फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यसअघि पनि यो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।

प्रकाशित मिति: ०९:५७ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्