Kathmandu Press

काठमाडौंको आजको न्यूनतम तापक्रम २ डिग्री

काठमाडौं, माघ १४ : आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम...
काठमाडौंको आजको न्यूनतम तापक्रम २ डिग्री

काठमाडौं, माघ १४ : आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

काठमाडौंको मौसम पनि आज सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्