Kathmandu Press

जुम्लाको तिला गाउँमा भीषण आगलागी, २५ घर जलेर नष्ट

काठमाडौं, माघ १४ : जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा भएको आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।मंगलबार राति ७ बजेबाट...
जुम्लाको तिला गाउँमा भीषण आगलागी, २५ घर जलेर नष्ट

काठमाडौं, माघ १४ : जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा भएको आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।

मंगलबार राति ७ बजेबाट सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्दासम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दूरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिँडेर ३ घण्टा लाग्ने ठाउँमा छ ।

क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जारी गरेको सूचनामा उल्लेख छ । 
 

प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्