सर्वोच्चमा प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्वप्रधानन्यायाधीशविरुद्ध 'अदालतको अवहेलना' मुद्दा दर्ता
सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ ।
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
त्यस्तै अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका छन् ।
प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पुर्याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ । अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)