Kathmandu Press

प्रधानमन्त्री कपका विजेताले १० लाख पाउने

काठमाडौं, माघ १३ : काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपाँया पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को...
प्रधानमन्त्री कपका विजेताले १० लाख पाउने

काठमाडौं, माघ १३ : काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपाँया पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले प्रधानमन्त्री कपको विजेता टिमलालई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, सेमिफानल पुगेका ४ टिमलाई ५० हजार रुपैयाँ दिने निर्णय पनि क्यान बोर्ड बैठकले गरेको छ । प्लेयरअफ दी सिरिजले ५० हजार, वेस्ट बलर र बेस्ट ब्याट्सम्यानले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रधानमन्त्री कपको सेमिफाइनलमा तीन विभागीय टिम नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी क्लब र एपिएफपसहित बाग्मती प्रदेश पुगेका छन् ।

यसैगरी कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० प्रतियोगितामा नेपाल सहभागी हुने निर्णय पनि मंगलबार बसेको बोर्ड बैठकले गरेको छ । प्रतियोगिता कतार स्पोर्टस डेका अवसरमा फेब्रअरी ९–१२ सम्म कतारमा आयोजना हुँदै छ । प्रतियोगिताका फेब्रुअरी १ देखि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरिने भएको छ ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्