Kathmandu Press

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्‍याली

नयाँदिल्ली, माघ १३ : भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्‍याली प्रदर्शन गरेका छन्। कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले...
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्‍याली

नयाँदिल्ली, माघ १३ : भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्‍याली प्रदर्शन गरेका छन्। 

कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्‍याली निकालेका हुन्। 

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो। 

गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नु परेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।

भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक पटक भएका छन्। तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ। किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ।

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्