प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्याे तीन दिने आन्दोलनको घोषणा
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीनदिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
काठमाडौं, माघ १३ : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीनदिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको पदाधिकारी बैठकले आगामी १९, २४ र ३० गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
१९ गते भातृ संगठनले देशभर विरोध प्रदर्शन गर्ने, २४ गते शुभेच्छुक संस्थाले र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










