पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै...
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजाराम घिमिरेसहित ४ जनाले उनीविरुद्ध अवहेलनाको मुद्दा हालेका थिए।
ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भन्नी टिप्पणी गरेका थिए।
प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










