Kathmandu Press

'माउन्ट केटु'को सफल आरोहणको कीर्तिमान बनाएर नेपाली टोली स्वदेश फर्कियो

यसअघि ८ हजार ६ सय ११ उचाइको माउन्ट केटु हिमाल  हिउँदमा कसैले आरोहण गरेका थिएनन् । हिउँदमा धेरै पर्वतारोहीले प्रयास गरे पनि नसकेको नेपाली टोलीको भनाइ छ ।
'माउन्ट केटु'को सफल आरोहणको कीर्तिमान बनाएर नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं, माघ १३ : हिउँदमा पाकिस्तानको 'माउन्ट केटु' हिमाल सफल आरोहण गरेको कीर्तिमान बनाएको दस सदस्यीय नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेर नगर परिक्रममा समेत गराइएको छ । 

यसअघि ८ हजार ६ सय ११ उचाइको माउन्ट केटु हिमाल  हिउँदमा कसैले आरोहण गरेका थिएनन् । हिउँदमा धेरै पर्वतारोहीले प्रयास गरे पनि नसकेको नेपाली टोलीको भनाइ छ । माउन्ट केटुको सफल आरोहणसँगै नेपालीहरु पर्वतारोहीको सहयोगी मात्र नभई साहसी पर्वतारोही भएको उनीहरु दाबी छ ।

 निर्मल बुर्जा मगरको नेतृत्वमा नेपाली आरोहण टोलीले माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेको हो । उनले सरकारले पर्वतारोहीलाई सहयोग नगरेको गुनासो गरे । सो टोलीमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा छन् ।

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्