Kathmandu Press

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता

काठमाडौं, माघ १३ : सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलनाको मुद्दा दर्ता भएको छ। माघ ९ गते कार्की ब्याङ्केटमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरूद्ध माघ...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता

काठमाडौं, माघ १३ : सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलनाको मुद्दा दर्ता भएको छ। 

माघ ९ गते कार्की ब्याङ्केटमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरूद्ध माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अपहेलनाको मुद्दा पेश गरेका थिए।

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

निवेदनमा भनिएको छ, ‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ।’

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए। अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे भन्नु निन्दायुक्त भएको भन्दै प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्