हिमाल आरोहण सजिलो भएको भए प्रधानमन्त्री याे टीममा हुन्थ्याे : प्रधानमन्त्री ओली
काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्। मंगलबार सम्मान समरोहमा...
काठमाडौं, माघ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्।
मंगलबार सम्मान समरोहमा उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका हुन्।
उनले भने, ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो।’
उनले हिमाल आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै आरोहणको अनुभवलाई हल्का रुपमा नलिन आग्रह गरे।
साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए।
प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










