Kathmandu Press

वरिष्ठ अधिवक्ता थापाको तर्क– संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन

थापाले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकारी नभएको तर्क गरे । 
वरिष्ठ अधिवक्ता थापाको तर्क– संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन

काठमाडौं, माघ १३ : वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको तर्क गरेका छन् । थापाले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकारी नभएको तर्क गरेका हुन् । 

प्रम ओलीले आफ्नो पद जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर प्रतिनिधिसभा विघटन गरेकाे भन्दै थापाले इजलाससामु   सर्वोच्चले बदर गर्नुपर्ने माग गरे ।

त्यस्तै उनले संवैधानिक इजलासमै न्यायाधीश थप गरेर सुनवाइ गर्न संविधान बाधक नभएकोसमेत तर्क गरेका थिए ।

थापाले बहसका लागि लामो समय लिएरपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले प्रश्न गरे, ‘तपाईंको बहस कहिले सकिन्छ ?’  त्यसपछि केही बेरमा थापाले बहस टुंग्याए । उनले सोमबार पनि संवैधानिक इजलासमा बहस गरेका थिए ।  निवेदक देव गुरुङ, कृष्णभक्त गुरुङ, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट थापाले बहस गरेका हुन् ।  

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्