Kathmandu Press

संवैधानिक इजलासमा न्यायाधीश थप्ने विषयमा चर्चा

काठमाडौं, माघ १३ : संसद् विघटनविरुद्धको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा न्यायाधीश थप्ने विषयमा पनि चर्चा भएको छ।मंगलबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु...
संवैधानिक इजलासमा न्यायाधीश थप्ने विषयमा चर्चा

काठमाडौं, माघ १३ : संसद् विघटनविरुद्धको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा न्यायाधीश थप्ने विषयमा पनि चर्चा भएको छ।

मंगलबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशको संख्या थप्नुपर्ने जिकिर गरे। उनले पाँच जना न्यायाधीशको इजलासप्रति आफू विश्वस्त रहेको बताए।

वरिष्ठ अधिवक्ता थापाले भने, 'यतिको विवादमा पाँच जना न्यायाशीस इनफ हो। योभन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ।' कानुन व्यवसायीले पनि संख्या थप्नसक्ने सुझाब दिएको उनको भनाइ थियो।

त्यसलगत्तै बोलेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पनि संख्या थप्नुपर्ने महसुस भएको बताए। उनले भने, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले पाँच जना बसिराखेको ठाउँमा नौ ११ जना कहाँबाट राख्नू?’

यो मुद्दालाई रिट निवेदकहरुले बृहत पूर्ण इजलासमा पठाउन पर्ने जिकिर गरेका थिए। तर, संवैधानिक इजलासले संवैधानिक ब्याख्याको प्रश्न उठेकाले बृहत पूर्ण इजलासमा पठाउन नपर्ने निर्णय गरेको थियो। त्यसयता माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ चलिरहेको छ।

अहिले संवैधानिक इजलासमा पाँच जना न्यायाधीश छन्। प्रधानन्यायाधीश जबराको नेतृत्वमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

यस मुद्दामा बहस जारी रहेको छ। आज पनि निवेदक तर्फकै वरिष्ठ अधिवक्ता तथा अधिवक्ताले बहस गरिरहेको छन्।

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्