दरबारमार्गबाट लुटपाटमा संलग्न दुई जना पक्राउ
काठमाडौं, माघ १३ : सुनका गरगहनासहित धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं...
काठमाडौं, माघ १३ : सुनका गरगहनासहित धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका–१ का २१ वर्षीय सुनिलबहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढीका ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औँठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा३च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।
प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











