लोकतन्त्रमा विश्वास नगर्नेले मात्र निर्वाचनको विरोध गर्छन : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १३ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा विश्वास नगर्नेले मात्र निर्वाचनको विरोध गर्ने बताएका छन्।
मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका हु्न।
‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने, ‘निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको छ, देशको विशेष परिस्थितिलाई ख्याल गरिदिनु होला।’
प्रकाशित मिति: १२:१८ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










