शीर्ष नेताहरुलाई भेट्दै अमेरिकी राजदूत बेरी
काठमाडौं, माघ १३ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति...
काठमाडौं, माघ १३ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्।
अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले शीर्ष नेताहरुबीचको भेटघाटलाई तीव्रता दिएको हो।
सोमबार उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। बेरी र देउवाबीच भेटमा लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको दूतावासले जानकारी दिएको छ।
साथै, सोमबार नै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए। प्रचण्डसँगको भेटमा बेरीले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको बताएका छन्।
यसअघि उनले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका थिए।










