Kathmandu Press

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, आन्दोलनको रणनीति बनाउने 

काठमाडौं, माघ १३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको...
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, आन्दोलनको रणनीति बनाउने 

काठमाडौं, माघ १३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक अघि हिजो पार्टी कार्यालय सानेपामा दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए।

पौडेल पक्ष र कृष्ण प्रसाद सिटौला पक्षले भ्रातृ संगठनहरुलाई पनि परिचालन गरेर थप आन्दोलनका कार्यक्रम तय गर्नुपर्नेमा सभापति देउवालाई दबाब दिदैं आएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको उनी निकट नेताहरु बताउँछन्। 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्