Kathmandu Press

खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह

काठमाडौं, माघ १३ : अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही...
खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह

काठमाडौं, माघ १३ : अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । 

एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वल्र्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए । “कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रित व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो,” उनले भने । “विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।”

सोरियटले भने, “कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको छ तर यसले अन्तर्राष्ट्रिय सहकार्यका लागि आँखा खोलिदिएको छ । विश्वका धेरै मुलुकमा सरकारी तथा निजी क्षेत्रलाई समन्वय गरी अघि बढ्न यसको पाठ ग्रहणीय छ । औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्य षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिनु सुखद् नभएको उनले बताए ।

त्यही तीन प्रतिशत अन्तर्गतको २० प्रतिशत रोग पत्ता लगाउन र निर्मुलिकरणमा लगाइएको छ । यसको अर्थ हामीहरू रोग पत्ता लगाउन र यसलाई रोकथाम गर्न वा समस्यालाई सम्बोधन गर्न प्रयास गर्नको सट्टा रोग लाग्न वा बिमारी हुनको लागि प्रतीक्षा गर्न खोजिरहेको आभास भइरहेको छ । यो पक्के पनि सुखद् होइन ।
 

प्रकाशित मिति: ०७:२० बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्