Kathmandu Press

काँग्रेस सभापति देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं, माघ १३ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार...
काँग्रेस सभापति देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं, माघ १३ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको  नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको बुझिएको छ । 

प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्