Kathmandu Press

२४ घण्टामा भारतमा थपिए ८ हजार संक्रमित 

काठमाडौं, माघ १३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ११६ जनाको...
२४ घण्टामा भारतमा थपिए ८ हजार संक्रमित 

काठमाडौं, माघ १३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ६२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:०३ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्