Kathmandu Press

घोषणा गरेकै मितिमा निर्वाचन हुनेछ : प्रधानमन्त्री ओली    

लुम्बिनी,  माघ १२ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढंगले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी...
घोषणा गरेकै मितिमा निर्वाचन हुनेछ : प्रधानमन्त्री ओली    

लुम्बिनी,  माघ १२ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढंगले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको बताएका हुन् ।

सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उनले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दलले नेकपाका कोही कसैलाई कारबाही नगरेको बताउँदै भने, ‘गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।’

उनले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताए ।–रासस

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्