भारतीय र रूसी खोपलाई श्रीलंकामा अनुमति
कोलम्बो, माघ १२ : श्रीलंकाली सरकारले रुसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको हो । राष्ट्रिय औषधि...
कोलम्बो, माघ १२ : श्रीलंकाली सरकारले रुसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको हो ।
राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दुवै खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सिनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जनाए ।
श्रीलंकाका राष्ट्रपति गोटावाय राजापक्षेले यस हप्ताको अन्त्यसम्ममा भारतमा बनाइएको खोप श्रीलंका आइपुग्ने बताए । श्रीलंकाले पहिलो चरणमा छ लाख खोप ल्याउने र लगाइदिने तयारी गरेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रकाशित मिति: १९:०२ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












