Kathmandu Press

पाँच सय परिवारलाई लालपुर्जा वितरण    

पाँच सय परिवारलाई लालपुर्जा वितरण    

जलेश्वर, माघ १२ :  महोत्तरीको बलवा नगरपालिका–६ का ५०२ परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।     

२०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ५०२ परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताए । उनले विगत चार पुस्तादेखि बलवा–६ का सयौँ बासिन्दा आफ्नै गाउँ ब्लकभित्रको जग्गामा बनाइएका घरआँगनमा बस्दै आए पनि उनीहरुसँग आफ्नो घरजग्गाको लालपुर्जा थिएन भने आज उनीहरु लालपुर्जा पाएपछि निकै हर्षित भएको बताए ।

Hardik ivf

भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र बलवा नगरपालिकाको संयुक्त पहलमा वर्षौंदेखि लालपुर्जाविहीनलाई लालपुर्जा दिइएको बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले बताए ।

स्थानीयवासी खोदादिन अन्सारी, पवीदेवी मण्डल, माधो मण्डलसहितमन  व्यक्तिले चार पुस्तापश्चात् आफूहरु आफ्नो घर जग्गाको लालपुर्जा पाएकामा खुसी व्यक्त गरेका छन् । उनीहरुले लालपुर्जा वितरण गर्न आएका नगरपालिकाका प्रमुख तथा मालपोत र नापी कार्यालयका प्रमुखसहितका टोलीलाई धन्यवाद दिएका थिए ।     

प्रकाशित मिति: १८:५६ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्