Kathmandu Press

केही व्यक्तिले पार्टी छाडेका हुन्, नेकपा टुक्रिएको हाेइन : प्रधानमन्त्री

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिलेसम्म नटुक्रिएको बताएका छन् । उनले निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी आइतबार  गरेको...
केही व्यक्तिले पार्टी छाडेका हुन्, नेकपा टुक्रिएको हाेइन : प्रधानमन्त्री

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिलेसम्म नटुक्रिएको बताएका छन् । उनले निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी आइतबार  गरेको निर्णयलाई संकेत गर्दै  नेकपा नटुक्रिएको बताएका हुन् ।

ओलीले नेकपा एकजुट नै रहेको दाबी गर्दै केही व्यक्तिले पार्टी छोडेको बताए । उनले भने, ‘पार्टी छाडेर गएकाहरुले पार्टी टुक्राउन खोजे । तर पार्टी टुक्रिएको छैन ।  पार्टी एकजुट छ, एकजुट रहनुपर्छ ।’ 

उनले  भने,  ‘केही मानिसहरु पार्टी छोडेर, बैठकमा नआएर, बाहिर गएर, चौतारीमा बसेर  म अध्यक्ष भएँ भन्दै हिँडेका छन् । त्यो पनि निर्वाचन आयोगले खत्तम पार्दियो अध्यक्ष कोही भएको छैन भनेर ।’ 

त्यस्तै, आफूलाई पार्टी तथा साधारण सदस्यबाट निकालिएको अभिव्यक्तिको उनले खण्डन गर्दै मुसुक्क हाँसेर भने, ‘केपी ओलीलाई पार्टीबाट निकाले रे ? साधारण सदस्यबाट हटाए रे ? तपाईँहरुलाई हाँस्न मन लागेन ?’

‘दुई चार जना देशलाई माया नगर्ने, जनताको भलो नचाहने, आत्मकेन्द्रितहरुले पार्टी छोडे भन्दैमा यो आन्दोलन कमजोर हुँदैन,’ उनले भने, ‘निर्वाचन आयोगमा गएर  निर्वाचन रोक भने । यस्ता कसरी लोकतन्त्रवादी हुन्छन् ?
 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्