Kathmandu Press

प्रधानमन्त्रीबाट नेपालकै दोस्रो लामो पुलको उद्घाटन

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङको सिसहनिया–गढवा जोड्ने ८६५.४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।पुल उद्घाटनका अवसरमा प्रधानमन्त्रीले...
प्रधानमन्त्रीबाट नेपालकै दोस्रो लामो पुलको उद्घाटन

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङको सिसहनिया–गढवा जोड्ने ८६५.४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।

पुल उद्घाटनका अवसरमा प्रधानमन्त्रीले देशमा विकासको लहर ल्याइएको बताए । उनले लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित गर्न यो पुल अत्यन्त जरूरी रहेको स्पष्ट पारे ।  उनले निर्धारित समयमा कार्य सम्पन्न गरेकामा निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

यो नेपालकै दोस्रो लामो पुल हो । 
 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्