कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
काठमाडौं, माघ १२ : नेपालमा सोमबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना संक्रमणको कारण...
काठमाडौं, माघ १२ : नेपालमा सोमबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।
त्यस्तै, गत २४ घण्टामा देशभर थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।
साथै, यो अवधिमा ४०१ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ।
मन्त्रालयका अनुसार निको हुने दर ९८.१ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











